newskoseli.Com

भक्तपुरमा उपचुनावको रन्को : उम्मेदवारसहित नेमकिपाका नेता–कार्यकर्ता नेकपा प्रवेश

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का विभिन्न तहमा रहेर कार्यरत नेता–कार्यकर्ताहरु सो पार्टी परित्याग गरी सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

२०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा चाँगुनारायण नगरपालिका– ८, सुडालमा नेमकिपाबाट वडाध्यक्ष पदको उम्मेदवार भएका गणेशप्रसाद दुलालसहित २० जना नेता–कार्यकर्ता नेकपामा प्रवेश गरेको नेकपाका जिल्ला अध्यक्ष वचन देउजाले जानकारी दिएका छन् ।

नेकपा प्रवेश गरेकाहरुलाई सोमबार उक्त पार्टीले प्रवेश कार्यक्रम नै आयोजना गरेर स्वागत गरेको उनले बताए । नेकपा प्रवेश गरेका सबैलाई भक्तपुर इन्चार्ज दिलिप प्रजापति, सहइन्चार्ज सोमप्रसाद मिश्र, जिल्ला अध्यक्ष वचन देउजा, जिल्ला सचिव एवं उपचुनावमा प्रदेशसभा सदस्य पदका उम्मेदवार डीपी ढकाललगायतले स्वागत गरेको खबर राससले प्रेषित गरेको छ ।

१४ मंसिरमा हुन लागेको उपचुनावको रन्कोले सो निर्वाचन क्षेत्र तातिरहेको र चुनावी माहोलकै सिलसिलामा विभिन्न पार्टीका नेता–कार्यकर्ता आफ्नो पार्टीमा गोलबन्द हुने क्रम तीव्र भएको उम्मेदवार डीपी ढकालले बताए । विगतमा सहजै चुनाव जितिएको सो क्षेत्रमा हुन गैरहेको उपचुनावमा आफूले सजिलैसँग जित हात पार्ने युवानेता ढकालको भनाइ छ ।

थप जानकारीका लागि हेर्नोस् यो भिडियो–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर