जिल्ला अदालत कञ्चनपुरले सुनाएको फैसला कार्यान्वयनका क्रममा पत्रकार खेम भण्डारी पक्राउ परी, जरिवाना तिरी रिहा समेत भैसकेका छन् ।
जिल्ला अदालतको फैसलाअनुसार पत्रकार भण्डारीलाई १ घन्टा जेल र १ रुपैयाँ जरिवाना सजाय भोगाउनका निम्ति मंगलबार पक्राउ गरिएको हो । १ रूपैयाँ जरिवाना तिरिसकेपछि १ घन्टे जेल सजायका निम्ति उनलाई जिल्ला कारागार पठाइएको थियो ।
१ घन्टे जेलजीवन सकिनासाथ उनलाई मंगलबारै रिहा गरिसकिएको कञ्चनपुरबाट प्राप्त समाचारमा उल्लेख छ ।