newskoseli.Com

४ बजे नयाँ मन्त्रीहरुको सपथ, १२ बजे बालुवाटारमा सचिवालय बैठक

मन्त्रिपरिषदमा हेरफेर गरेर बुधबार साँझ ४ बजे नयाँ मन्त्रीहरुले सपथ ग्रहण गर्ने गरी टुंगो लागेसँगै नयाँ मन्त्रीहरुको अन्तिम नामावली टुंग्याउन बुधबार दिउँसो १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सत्ताधारी दल नेकपाको सचिवालय बैठक बोलाइएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री केपी ओलीले बुधबार मन्त्रिमण्डलमा हेरफेर गर्ने कुराको स्पष्ट जनाउ दिइसकेका छन् । हालसम्मको सहकार्यका निम्ति सबै मन्त्रीहरुलाई धन्यवाद दिने, फेरि सहकायृ हुने नै छ भन्दै अहिले हट्नु परेकामा चित्त नदुखाउन आग्रह गर्ने र बुधबार उपत्यका बाहिर नजान र सार्वजनिक कार्यक्रम नगर्न मन्त्रीहरुलाई निर्देशन दिने काम प्रधानमन्त्री ओलीले मंगलबारको मन्त्रिपरिषद बैठकमा गरिसकेका छन् ।

प्रधानमन्त्री ओलीले मंगलबारको बैठकमा ‘मन्त्रिमण्डल पुनर्गठन’ शब्दको प्रयोग नगरीकनै आफू ‘नयाँ ढंगले अघि बढ्न लागेको’ बताएको बैठकमा सहभागी एक मन्त्रीले बताए । उनका अनुसार अहिलेसम्म साथ दिएकामा प्रधानमन्त्रीले सबै मन्त्रीहरुलाई धन्यवाद समेत दिए । हालका मन्त्रीहरुमध्येबाट को–को हट्ने भन्नेबारे अझै स्पस्ट भैसकेको छैन । तर, हालका कृषि, आपूर्ति, महिला, यातायातलगायका मन्त्रालय सम्हालिरहेका आधा दर्जन मन्त्रीहरू हट्ने र केही पुराना तथा केही नयाँ अनुहरहरू मन्त्रीपरिषदमा थपिने पक्कापक्की भैसकेको बताइएको छ ।

बुधबारको सचिवालय बैठकमा पार्टी एकताका बाँकी काम पूरा गर्ने विषयमा पनि छलफल हुने बताइएको छ । बालुवाटारमा बैठक सकिएलगत्तै प्रधानमन्त्री ओली तथा अध्यक्ष प्रचण्ड मन्त्रिपरिषदमा हेरफेरको जानकारी गराउन राष्ट्रपति कार्यालय जाने कार्यक्रम तय भैसकेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर