newskoseli.Com

शुक्रबारदेखि ४ दिनसम्म नेपाल–भारत सीमानाका बन्द

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका शुक्रबारदेखि चार दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार मङ्सिर ६ देखि ९ सम्म झुलाघाट नाका बन्द हुने भएको हो ।

मङ्सिर ८ (२५ नोभेम्बर) मा भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकाले सुरक्षा संवेदनशीलता कारण जनाउँदै साँझ ५ बजेदेखि मङ्सिर ९ गते साँझ ५ बजेसम्म सीमानाका बन्द हुने भएको हो । सीमा बन्द रहेको अवधिमा आकस्मिक रुपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने सहायक प्रजिअ लोकेन्द्रसिंह नेगीले जानकारी दिए ।

यसअघि असोज १८ मा भारतको पिथौरागढमा जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचन हुँदा पनि असोज १६ देखि १८ सम्म तीन दिन झुलाघाट नाका बन्द गरिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर