newskoseli.Com

दशकदेखि सडकमा बस्दै आएका मनोरोगीको भयाे उद्धार

मनोसामाजिक समस्याबारे अभिमुखीकरण तालिम सम्पन्न

थाक्रे गाउँपालिका, धादिङका जनप्रतिनिधि, विद्यालयका शिक्षक, स्वास्थ्यकर्मी, समाजसेवी, स्थानीय राजनीतिक दलका प्रतिनिधिलगायतका लागि मनोसामाजिक समस्याबारे एकदिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।

‘मानसिक एवं मनोसामाजिक सुस्वास्थ्यका लागि राष्ट्रिय अभियान नेपाल’ नामक संस्थाको प्राविधिक सहयोग र थाक्रे गाउँपालिकाको आयोजनामा सम्पन्न अभिमुखीकरण तालिमको सहजीकरण मनोविद गोपाल ढकालले गरेका थिए । यस कार्यक्रमकै सन्दर्भमा दस वर्षभन्दा लामो समयदेखि सडकमा बस्दै आएका जनक नामका मनोरोगीको उद्धार समेत गरिएको छ ।

अभियान तथा गाउँपालिकाको पहलमा उद्धार गरिएका उनलाई हाल मनोरोग उपचार तथा पुनर्स्थापना केन्द्रमा राखिएको छ । कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले आफ्नो ठाउँलाई सडकमानवमुक्त बनाउने उदघोष गरे । गाउँपालिका उपाध्यक्ष अम्बिका रुपाखेतीले कार्यक्रममा मन्तव्य राख्दै जनकलाई उद्धार गर्ने लामो समयदेखिको आफ्नो योजना सफल भएको भन्दै खुशी व्यक्त गरिन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर