newskoseli.Com

केन्द्रीय सदस्य प्रसाईंले छाडिन् समाजवादी पार्टी

समाजवादी पार्टी नेपालकी केन्द्रीय सदस्य देवकला प्रसाईंसहित झापाका केही कार्यकर्ताले सो पार्टी परित्याग गरेका छन् ।

प्रसाईंसहित सो पार्टीको १ नम्बर प्रदेश कमिटीकी सदस्य पनिता ढकाल, सङ्घीय परिषद् सदस्य उदय गुरुङ, शिल्पी मोर्चाका केन्द्रीय सदस्य बुद्ध बराइलीलगायतले समाजवादी पार्टी परित्याग गरेका हुन् । शनिबार प्रेस विज्ञप्ति जारी गरी पार्टीको कार्यदिशा अस्पष्ट भएको आरोप लगाउँदै आफूहरुले पार्टी परित्याग गरेको उनीहरुले जनाएका छन् ।

स्थानीय तहको निर्वाचनमा केन्द्रीय सदस्य प्रसाईं अर्जुनधारा नगरपालिकाको प्रमुख र प्रदेश सदस्य ढकाल मेचीनगर नगरपालिकाको उपप्रमुख पदमा तत्कालीन नयाँ शक्ति पार्टीका तर्फबाट उम्मेदवार समेत रहेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर