newskoseli.Com

अघिअघि वैद्यको बहिष्कारसभा, पछिपछि प्रचण्डको प्रचारसभा !

उपनिर्वाचनको मिति नजिकिँदै जाँदा प्रचारप्रसारको क्रम उत्कर्षमा पुग्दैछ । यसै मेसोमा उपचुनाव बहिष्कारको घोषणा गरेको मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले उपचुनाव हुने क्षेत्र–स्थानहरुमा बहिष्कारसभा पनि तेज पार्दै गैरहेको छ ।

अझ संयोग त कस्तो देखिएको छ भने कयौं स्थानहरुमा एकै दिन केही समयअघि मात्रै वैद्य माओवादीले बहिष्कारसभा सम्पन्न गरेपछि लगत्तै सोही स्थानमा सत्ताधारी नेकपाका अध्यक्ष प्रचण्ड पुगेर प्रचारभा समेत गरेका छन् । शनिबार मात्रै पनि दाङको हापुरेमा वैद्य माओवादीले बहिष्कारसभा सम्पन्न गरेको केही बेरमै सोही आसपास पुगेर बाग्लुङ र दाङमा प्रचण्डले प्रचारसभा सम्पन्न गरे । शनिबार नै वैद्य माओवादीका नेता सीपी गजुरेल भक्तपुर पुगेर बहिष्कारसभा सम्पन्न गरेको केही बेरमै सोही क्षेत्रमा पुगेर प्रचण्डले प्रचारसभा गरे ।

चुनाव बहिष्कारकै सिलसिलासहित पार्टी पुनर्गठन दिवसको प्रचारप्रसारका क्रममा अर्को माओवादी घटक नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भने ललितपुर महानगरपालिकाका केही वडा कार्यालयहरूमा तालाबन्दी गरेर पार्टीको झन्डा गाडिदिएको छ । उनीहरूले ललितपुर महानगरकाे वडा नं. २० तथा गाेदावरी नगरपालिका वडा नं. ४ काे कार्यालयमा ताला लगाइदिएका छन् । सो पार्टीले पनि उपचुनावको सशक्त बहिष्कार गर्ने बताउँदै आएको छ ।

ऐतिहासिक दसवर्षे जनयुद्ध हाँक्ने क्रममा साथमा साथ र काँधमा काँध मिलाएर जिउ–ज्यानको परबाह नगरी एकताबद्ध भएर लडेका तत्कालीन माओवादी नेताहरु अहिले यसरी छिन्नभिन्न भई कोही बहिष्कार अभियानमा त कोही चुनाव जित्ने दौडमा लागिरहेको दुर्लभप्रायः दृश्य उपचुनावको पूर्वसन्ध्यामा समेत देखिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर