newskoseli.Com

आकाशमा अनौठो विमान, उपत्यकावासी अचम्मित !

शनिबार बिहान राजधानीको आकाशमा अनौठो विमान देखा परेपछि उपत्यकावासी अचम्मित भएका थिए । राजधानीलाई दुई फन्को लगाएको उक्त अनौठो जहाज कहाँबाट नेपाल प्रवेश गर्‍यो र कुन प्रयोजनका लागि सो विमानले राजधानीको परिक्रमा गर्‍यो भन्ने विषयमा कसैले पनि उत्तर दिन सकेन ।

उक्त विमान भारतीय एयरफोर्सको भएको हवाई क्षेत्रका जानकारहरूले दाबी गरेका छन् भने सरकारी अधिकारीहरूले त्यसका बारेमा आफूहरू अनभिज्ञ रहेको बताएका छन् । त्यस बारेमा आफूलाई कसैले कुनै जानकारी नगराएको नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले जानकारी दिए ।

शनिबार बिहान ७ बजेर २५ मिनेट जाँदा काठमाडौंको आकाशमा देखिएको उक्त विमान पश्चिम दिशातर्फ लागेको प्रत्यक्षदर्शी सुमन पाण्डेले बताए । भारतले हालै जारी गरेको नयाँ नक्सामा पश्चिम नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई भारततर्फ पारेपछि नेपालमा अहिले भारतविरोधी स्वर तीव्ररूपमा बढिरहेका बेला अनौठो विमानको नेपाल प्रवेशलाई अर्थपूर्णरूपमा हेरिएको खबर आइतबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर