
पोखरा महानगरपालिका– ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यको पोखरा– १७, हिमालीटोलस्थित निवासमा पार्किङ गरी राखिएको गाडी बम विष्फोट गरी ध्वस्त पारिएको छ ।
सोमबार बिहान पौने ३ बजेतिर ग २ च ४२६ नम्बरको वडाध्यक्ष आचार्य चढ्ने हाइलक्स गाडीमा बम विष्फोट गराइएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख विनोद शर्मा घिमिरेले जानकारी दिए । घटनास्थलमै पुगेका उनले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् । स्मरणीय छ, सोही क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि १४ मंसिरमा उपचुनाव हुँदैछ ।