newskoseli.Com

पशुपति क्षेत्र विकास कोषमा थपिए तीन सदस्य, को–को हुन् ?

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् सदस्यमा तीन जना सदस्य मनोनीत भएका छन् ।

कोष सञ्चालक परिषद् अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको मन्त्रीस्तरीय निर्णयअनुसार संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोला, विश्वकरण जैन र आशा पाण्डे सदस्य पदमा मनोनीत भएका हुन् । संस्कृति मन्त्रालयको समेत कार्यभार प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्हालेका बेला बाँस्तोला साउन ६ मा सदस्य पदमा मनोनीत भएका हुन् ।

जैन र पाण्डे भने योगेश भट्टराई मन्त्री भएपछि मङ्सिर ६ मा नियुक्त भएको पत्र प्राप्त भएको कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले जानकारी दिएका छन् । पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ (संशोधनसहित) अनुसार नियुक्त तीनै जना सदस्यको पदावधि चार वर्षको हुने खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर