newskoseli.Com

एउटै मण्डपमा १०८ जोडीको विवाह !

विवाह पञ्चमीको अवसरमा १०८ जोडी वर–कन्याको एउटै मण्डपमा विवाह हुने भएको छ । ‘माता’ जानकीको जन्मभूमि जनकपुरधाममा मङ्सिर १५ मा हुन लागेको विवाह पञ्चमी महोत्सवमा १०८ जोडी सर्वसाधारण वर–कन्याको सामूहिक विवाह हुन लागेको जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले बताएका छन् ।

जनकपुरस्थित जानकी मन्दिरसँगै रहेको मणिमण्डपमा विवाह पञ्चमीका दिन ‘भगवान्’ रामचन्द्र र ‘माता’ जानकीको विवाह हुने तथा सोही विवाहसँगै १०८ जोडी वर–कन्याको समेत सामूहिक विवाह हुने कार्यक्रम रहेको उपमहानगर प्रमुख साहले बताए । प्रत्येक पाँच वर्षमा भारतको अयोध्याबाट ‘भगवान्’ रामचन्द्रको विशेष जन्ती, साधुसन्त, महात्मा र भारत सरकारका विभिन्न अधिकारीसहितका व्यक्तित्वहरु जनकपुर आउने गरेकामा यसपल्ट पनि त्यहाँबाट विशेष जन्ती हिँडिसकेको उनले बताए ।

प्रत्येक वर्ष विवाह पञ्चमीका अवसरमा ‘भगवान्’ रामचन्द्र र ‘माता’ जानकीको वैवाहिक कार्यक्रम हुने गर्दछ भने सोही विवाहसँगै सर्वसाधारणहरुले पनि विवाह गर्ने गरेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर