newskoseli.Com

प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया : स्वास्थ्य स्थिर, केही दिन अस्पताल बस्नुपर्ने

त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’ मा प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका क्रममा मंगलबार बिहान सो अस्पताल पुगेका थिए ।

उहाँलाई एपेन्डिसाइटिस भएको पत्ता लागेपछि चिकित्सकले शल्यक्रिया गरेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । प्रधानमन्त्रीको शल्यक्रिया सफल भएको छ । उपचारमा प्रा.डा. अरुण सायमी, प्रा.डा. रमेशसिंह भण्डारी, डा. दिबया सिंहलगायत संलग्न थिए । चिकित्सकका अनुसार एपेन्डिसाइटिस भएमा जति सक्यो चाँडो यसको शल्यक्रिया गर्नुपर्ने हुन्छ । यसअघि प्रधानमन्त्री ओलीको मिर्गौलामा समस्या आएपछि डायलासिस गरिएको थियो ।

स्वास्थ्य स्थिति स्थिर, केही दिन अस्पतालमै बस्नुपर्ने

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको उनको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन् । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री ओलीलाई सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको जनाइएको छ ।

प्रधानमन्त्री ओलीको ‘ल्यापारोटोमी एण्ड एपिन्डिकटोमी’ लगायत विधिबाट उपचार गरिएको विज्ञप्तिमा जनाइएको छ । विज्ञ टोलीले स्वास्थ्य परीक्षण गर्दा एपेन्डिसाइटिससहित पेटको सङ्क्रमण देखिएको थियो । अप्रेसन गरिएकाले प्रधानमन्त्री अब केही दिन अस्पतालमै भर्ना भएर बस्नु पर्नेछ । अस्पतालमा कति दिन बस्नुपर्छ भनेर चिकित्सकहरुले बताएका छैनन् । प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकार समेत रहेका डा. सायमीले भने– ‘स्वास्थ्यका अरु कुराहरु पनि हेर्नुपर्छ, कति दिन अस्पताल बस्नुपर्ने भन्ने कुरा अहिल्यै भन्न सकिँदैन ।’

राससको जानकारीमा आधारित

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर