newskoseli.Com

प्रचण्ड सहभागी चुनावी सभास्थल नजिकै शक्तिशाली बम विष्फोट

फाइल तस्बिर

उपचुनावको मौन अवधि सुरु हुनुभन्दा केही अघि सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बुधबार दिउँसो पोखरामा आयोजना गरेको चुनावी सभास्थल नजिकै शक्तिशाली बम विस्फोट भएको छ ।

पोखरा महानगरपालिका– ९, प्रदर्शनी केन्द्रमा आयोजित चुनावी सभास्थल नजिकै बम विस्फोट भएको हो । विस्फोटबाट मानवीय क्षति भएको छैन तर एउटा बस भने क्षतिग्रस्त भएको छ । विफोटबाट पार्किङमा रहेको ग १ ख ८८९१ नम्बरको बसका सबैजसो सिसा फुटेका छन् ।

विष्फोट लगत्तै प्रहरी पुगेर घटनास्थललाई घेरा हाली अनुसन्धान सुरु गरेको छ । यसअघि पनि पोखराका विभिन्न स्थानमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बम विस्फोट गराएको खबरहरु आइरहेको सन्दर्भमा यो विस्फोट समेत सोही पार्टीले गराएको हुन सक्ने अड्कालबाजी गरिएको छ ।

बुधबारको चुनावी सभामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेताहरु वामदेव गौतम, सुवाचन्द्र नेम्वाङ, काठमाडौंका महानगर प्रमुख विद्यासुन्दर शाक्य लगायत सहभागी छन् । मंसिर १४ मा हुन लागेको उपचुनावमा कास्की– २ की उम्मेदवार रहेकी विद्या भट्टराईको पक्षमा मतदाता आकर्षित गर्न शीर्ष नेताहरु पोखरा पुगेका हुन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर