newskoseli.Com

१५ महिनादेखि बेपत्ता पत्रकारको अस्थिपञ्जर फेला, गम्भीर अनुसन्धान गर्न महासंघको माग

१५ महिना अघिदेखि बेपत्ता रहेका पत्रकार तेजबहादुर खड्काको अस्थिपञ्जर फेला परेको छ । नेपाल पत्रकार महासंघका डोटी शाखा सदस्य खड्काको अस्थिपञ्जर फेला परेको घटनालाई गम्भीरतापूर्वक लिँदै गहिरो अनुसन्धान गर्न महासंघले माग गरेको छ ।

बुधबार विज्ञप्ति जारी गर्दै महासंघका महासचिव रमेश विष्टले बाजुरा शाखा सदस्य एवं रेडियो बुढीनन्दामा कार्यरत खड्काको परिचयपत्र, लाइसेन्स, कपडा, झोलालगायतका सामानसहित अस्थिपञ्जर भेटिएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । २०७५ भदौ १० मा करिव १४ हजार फिट उचाईमा रहेको बाजुरास्थित बुढीनन्दा तीर्थस्थलबाट फर्कने क्रममा पत्रकार खड्का सम्पर्कविहीन भएका थिए ।

बेपत्ता भएको स्थानभन्दा केही अगाडि बाजुराकै कोल्टेमा खड्काको हड्डीसहितका सामग्री भेटिनुले घटना रहस्यमय भएको महासंघको आशंका छ । घटनाको सत्यतथ्य छानबिन गर्न र फेला परेका अस्थिपञ्जर (हड्डी) सहितका सामग्रीहरुको वैज्ञानिक परीक्षण गर्न सरकारसँग महासंघले माग गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर