newskoseli.Com

सम्साँझै बस दुर्घटना : १८ को मृत्यु, १३ घाइते, थप विवरण आउँदै

सन्धिखर्क नगरपालिका– ६, नरपानी, अर्घाखाँचीमा बुधबार बेलुका त्रासद बस दुर्घटना भएको छ । दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । सन्धिखर्कबाट बुटवलका लागि दिउँसो साढे १ बजे छुटेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो ।

दुर्घटनामा १७ जनाको घटनास्थलमा र १ जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटामा मृत्यु भएको सहायक प्रजिअ विष्णुराज बेल्बासेले जानकारी दिएका छन् । मृत्यु हुनेमा ११ पुरुष र ७ महिला रहेको सहायक प्रजिअ बेल्बासेले बताए ।

दुर्घटनाका १३ घाइतेमध्ये ११ जनालाई उपचारका लागि प्रादेशिक अस्पताल बुटबल र २ जनालाई जिल्ला अस्पताल सन्धिखर्क पठाइएको सशस्त्र प्रहरी बल अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक माधव रेग्मीले बताएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर