newskoseli.Com

चर्चित पत्रकार खेम भण्डारीविरुद्ध गालीबेइज्जती मुद्दा

कञ्चनपुरका चर्चित पत्रकार खेम भण्डारीविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा गाली बेइज्जती मुद्दा दर्ता गरिएको छ । भण्डारी सम्पादक रहेको ‘मानखण्ड दैनिक’ पत्रिका तथा सामाजिक सञ्जाल फेसबुकमा आफूलाई बदनाम गराउने नियतले समाचार सम्प्रेषण गरेको भन्दै भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टका भतिजा आयुष विष्टले बुधबार मुद्दा दर्ता गरेका हुन् ।

भण्डारीविरुद्ध गालीबेइज्जती मुद्दा दर्ता भएको अदालतका स्रेस्तेदार हरिकृष्ण अवस्थीले बताए । विचाराधीन मुद्दालाई प्रभावित पारेको र अदालतको अवहेलना गरेको भन्दै जिल्ला अदालत बार एसोसिएसनले दायर गरेको मुद्दामा पत्रकार भण्डारीले गतसाता मात्रै एक रुपैयाँ जरिवाना र एक घन्टा जेल सजाय भुक्तान गरेका थिए । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर