newskoseli.Com

पोखरास्थित उपनिर्वाचनकाे मतदानस्थलतर्फ ४१० कर्मचारी, ३२८ स्वयमंसेवक पनि खटिने

कास्की– २ मा मङ्सिर १४ मा हुने उपनिर्वाचनका लागि ४ सय १० सरकारी कर्मचारी मतदातस्थलतिर लागेका छन् । उपनिर्वाचनका लागि ८२ मतदान केन्द्र र ३२ मतदानस्थलमा ८२ मतदान अधिकृत तथा ८२ सहायक मतदान अधिकृतसहित ४ सय १० सरकारी कर्मचारी र ३ सय २८ स्वयमंसेवक खटिने जिल्ला निर्वाचन कार्ययलका प्रमुख महेन्द्रराज सुवेदीले जानकारी दिएका छन् ।

मतदानका लागि निर्वाचन अधिकृतले ५६ प्रकारका निर्वाचन सामग्री बुझेर सम्बन्धित क्षेत्रमा जाने क्रम जारी रहेको रेग्मीले बताए । पोखरा महानगरपालिकाका विभिन्न ११ वडाका ७१ हजार १ सय ७१ मतदाताले प्रतिनिधिसभा सदस्यका लागि मत हाल्दैछन् । उक्त क्षेत्रमा १० स्वतन्त्रसहित २१ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगले मङ्सिर १४ गते बिहान ७ देखि बेलुकी ५ बजेसम्म मतदानको समय तोकेको छ ।

सुरक्षा चुनौतीलाई ध्यान दिँदै भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न एकीकृत सुरक्षा समितिमार्फत सबै तयारी पूरा भएको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिएका छन् । निर्वाचनलाई सामान्य, संवेदनशील, अतिसंवेदशील गरी तीन तहमा विभाजित गरी सोहीअनुसारको सुरक्षा प्रबन्ध मिलाइएको केसीले बताए । सम्पूर्ण सुरक्षाकर्मी मतदानस्थलमा पुगिसकेको र सबै सुरक्षा प्रबन्ध मिलाइएको जानकारी उनले दिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर