newskoseli.Com

‘ट्विट’ गर्दै प्रधानमन्त्री ओलीले शुभेच्छुकलाई दिए धन्यवाद (ट्विटसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको जनाएका छन् । सामाजिक सञ्जाल ‘ट्विटर’ मा बिहीबार ‘ट्विट’ गर्दै आफ्नो स्वास्थ्य स्थितिबारे चासो राख्ने र शुभेच्छा प्रकट गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा उनले हार्दिक धन्यवाद दिएका छन् ।

ट्विटमा भनिएको छ– ‘बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु । यतिबेला मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ । स्वास्थ्य स्थितिबारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा धन्यवाद व्यक्त गर्दछु ।’

प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितिमा उल्लेखनीय सुधारको क्रम जारी रहेको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ । प्रधानमन्त्री ओलीमा एपेन्डिसाइटिस देखिएपछि मङ्सिर १० मा उनकाे शल्यक्रिया गरिएको खबर राससले प्रेषित गरेकाे छ ।

यस्तो छ प्रधानमन्त्री ओलीको ‘ट्विट’, जस्ताको तस्तै–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर