newskoseli.Com

‘लक्ष्यको शतप्रतिशत नजिक पुग्नोस्’ : गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले गृह मन्त्रालय र मातहतका निकायहरुलाई उनीहरुले तय गरेको नीति, कार्यक्रम तथा बजेटको लक्ष्यमा शतप्रतिशत नजिक पुग्ने गरी काम गर्न निर्देशन दिएका छन् ।

गृह मन्त्रालयमा बुधबार आ.व. २०७६/७७ को प्रथम चौमासिक कार्यप्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै गृहमन्त्री थापाले भने– ‘तोकिएको लक्ष्य एक सय प्रतिशत पुर्‍याउन कोशिस गर्नुहोस्, त्यसो गर्दा लक्ष्य प्राप्त हुन्छ, कारणवश पूरा हुन नसके पनि लक्ष्यको नजिक अवश्य पुगिन्छ ।’

समग्रमा चालु आर्थिक वर्षमा मन्त्रालयले लिएको पहिलो चौमासिकको लक्ष्य पूरा भएको भन्दै आगामी दिनमा कार्यपद्धतिलाई थप सुधार गर्र्दै लैजान गृहमन्त्री थापाले निर्देशन दिए । शान्तिबिना विकास सम्भव नभएको बताउँदै सुरक्षा र प्रविधिमा थप लगानी गर्नु आवश्यक रहेको गृहमन्त्री थापाले टिप्पणी गरे ।

सोही कार्यक्रममा बोल्दै गृहसचिव प्रेमकुमार राईले प्रथम चौमासिक प्रगति सन्तोषजनक रहेको बताए । अहिलेका कमजोरीलाई सुधार गर्दै लैजानुपर्नेमा उनले जोड दिए ।

बैठकमा गृह मन्त्रालयअन्तर्गतको नीति, योजना तथा कार्यक्रम महाशाखा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अध्यागमन विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र कारागार विभागले आ–आफ्नो चौमासिक कार्यप्रगति विवरण पेस गरेको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जनाएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर