newskoseli.Com

प्रधानमन्त्री ओली खतरामुक्त : अझै ७ दिन अस्पताल बस्नुपर्ने

फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओली अझै एक साता अस्पतालमै बस्नुपर्ने चिकित्सकहरुले बताएका छन् । मंसिर १० मा एपेन्डिसाइटिसको अप्रेसन गराएका ओली अप्रेसनका क्रममा बनेको घाउ र त्यसबाट हुन सक्ने रक्तश्रावको सम्भावना कायम रहुन्जेल अस्पतालमै बस्नुपर्ने भएको हो ।

राजधानीको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले शुक्रबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीको स्वास्थ्यमा राम्रो सुधार हुँदै आएको जनाएको छ । यद्यपि अझै कम्तिमा एक साता ओलीले अस्पतालमै बस्नुपर्ने जानकारी अस्पतालले दिएको छ ।

ओलीको अप्रेसन गरेका चिकित्सक डा. रमेशसिंह भण्डारीले नै प्रधानमन्त्री ओलीलाई पहिलेकै अवस्थामा फर्कनका निम्ति अझै दुई साता लाग्ने जानकारी दिएका छन् । ‘अहिलेको हिसाबले हेर्ने हो भने अबको ७ दिनमा हामीले उहाँलाई यहाँबाट पठाउन सक्छौं,’ डा. भण्डारीले भने– ‘उहाँले घाउलाई सहन सक्ने अवस्था रह्यो भने १० दिनपछि काममा फर्कन सक्नुहुन्छ ।’

कसै–कसैको छिटै नै घाउ निको हुने र कसैलाई चाहिँ समस्या हुन पनि सक्ने भन्दै यही अवस्थामा सुधार हुँदै गएमा प्रधानमन्त्री ओली अब दुई सातापछि सामान्य अवस्थामा फर्कन सक्ने उनले बताए । एपेन्डिक्स फुटेर प्रधानमन्त्रीको पेटमा संक्रमण फैलिएको बताउँदै हाल संक्रमण हटिसकेको र अब प्रधानमन्त्रीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको डा. भण्डारीले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर