newskoseli.Com

कञ्चनपुरमै अर्को हत्याकाण्ड, चार पक्राउ

महाकाली नगरपालिका– ३, चाँदनी, कञ्चनपुरका २२ वर्षीय दीपक पन्तलाई हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

हत्या आरोपमा पक्राउ परेका भीमदत्त नगरपालिका– ४ का २० वर्षीय मनिष नाथ, २२ वर्षीय गणेश लुहार, २० वर्षीय रोनी भनिने नवीन सिंह र २२ वर्षीय विनोद बोहरालाई जिल्ला प्रहरी कार्यालयले शुक्रबार सार्वजनिक गरेको छ । अभियुक्त चारै जनाले घटना स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए ।

बिहीबार छिमेकीको मोटरसाइलमा बुबा विशनदत्त पन्तसँग आउँदै गरेका बेला भीमदत्त नगरपालिका– ४, गोवरियास्थित सडकमा चारै जनाले विवाद गरी कुटपिट गर्नुका साथै उनीमाथि चक्कु समेत प्रहार गरेका थिए । उपचारका क्रममा दीपकको मृत्यु भएको थियो ।

घटनामा प्रयोग भएको चक्कु एक थान, से १ प ३७७८ नम्बरको मोटरसाइकल र म ३ प १०७० नम्बरको स्कुटी प्रहरीले बरामद गरेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर