newskoseli.Com

मतदाता परिचयपत्रविनै भोट हाल्न पाइने

प्रतिनिधिसभा सदस्य, प्रदेसभा सदस्य र स्थानीय तहको शनिबार हुने उपनिर्वाचनमा कुनै करणवश मतदाता परिचयपत्र नभएमा सरकारी निकायबाट फोटोसहित जारी भएको जुनसुकै परिचयपत्रका आधारमा पनि मतदाताले मतदान गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

कुनै करणवश मतदाता परिचयपत्र प्राप्त हुन नसकेमा, हराएमा वा नष्ट भएमा नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वा सरकारी निकायबाट तस्बिरसहित जारी भएको जुनसुकै परिचयपत्रका आधारमा मतदाताले मतदान गर्न सक्ने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ । मतदाता नामावली तथा मतदाता परिचयपत्रमा भएको मतदाताको विवरणमा सामान्य त्रृटि पाइएमा सानोतिनो भुलचुक मानी सरकारी निकायबाट तस्बिरसहित जारी भएको परिचयपत्रका आधारमा मतदान गर्न दिने प्रबन्ध मिलाउन पनि मुख्य निर्वाचन अधिकृतलाई निर्देशन पठाइसकिएको जानकारी आयोगले दिएको छ ।

प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, उपमहानगर प्रमुख १, गाउँपालिका अध्यक्ष ३, उपाध्यक्ष १ र वडाध्यक्ष ४३ का लागि मुलुकका ३७ जिल्लाका ५२ स्थानमा शनिबार उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र विश्वसनीय तुल्याउन आयोगले आम मतदाता, उम्मेदवार, राजनीतिक दलसहित सरोकारवाला सबै पक्षसँग सहयोगका लागि अपिल समेत गरेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर