newskoseli.Com

पोखराका ४ मतदानस्थल नजिकै बम विस्फोट : विप्लवप्रति आशंका, जिम्मा कसैले लिएन

फाइल तस्बिर

प्रतिनिधिसभा सदस्यका लागि उपचुनाव भैरहेको कास्की– २ का ४ मदतानस्थल नजिकै शनिबार दिउँसाे बम विस्फोट भएका छन् । पोखरा महानगरपालिका– १६ को दीपचण्डिका मतदानस्थल नजिकै शनिबार दिउँसो बम विस्फोट भएको छ ।  यसअघि पनि सोही निर्वाचन क्षेत्र अन्तर्गतका ३ मतदानस्थलमा बम विस्फोट भए ।

पोखरा– ३३, भरतपोखरीस्थित शान्तिउदय मावि, नयाँबजारको नवप्रभात मावि र पोखरा– १६ मै अवस्थित शान्ति माविको मतदानस्थल नजिक बम विस्फोट भएको हो । चारै विस्फोटबाट मानवीय क्षति भने भएको छैन । उपचुनावको तयारी सुरू भएयता पोखरामा अज्ञान समूहले निरन्तर बम विस्फोट गराउँदै आइरहेको छ । उम्मेदवारी दर्ताका दिन निर्वाचन कार्यालय नजिक, प्रचारप्रसारको अन्तिम दिन नेकपाको चुनावी सभास्थल नजिक र केही अघि वडाध्यक्षको घरमा बम विस्फोट भएका थिए ।

विष्फोटमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको संलग्नता रहेको सुरक्षा निकाय र सत्ताधारी दलहरुले आशंका गरे तापनि विष्फोटबारे कसैले जिम्मेवारी लिएको छैन ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर