newskoseli.Com

ओलीलाई मोदीको स्वास्थलाभको कामना

फाइल तस्बिर

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरेका छन् । मोदीले ओलीलाई शनिबार स्वास्थलाभको सन्देश पठाएका हुन् ।

सन्देशमा मोदीले प्रधानमन्त्री ओलीको थप उपचारका लागि भारतका तर्फबाट सहयोग गर्ने प्रस्ताव समेत समावेश गरेका छन् । नेपाल–भारत सम्बन्धलाई थप उचाईमा पुर्‍याउन ओलीसँग थप सहकार्यका लागि आफू तयार रहेको समेत मोदीले सन्देशमा उल्लेख गरेका छन् ।

राजधानीको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्स्प्लान्ट सेन्टरमा गत मंगलबार प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो । सोही अस्पतालको सघन उपचार कक्षमा रहेका ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आइरहेको र उनको अवस्था खतरामुक्त रहेको चिकित्सकहरुले बताएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर