newskoseli.Com

उपचुनावको परिणाम : रोल्पाको थबाङ, सल्यानको कुमाख र कञ्चनपुरको पुनर्वासमा नेकपा विजयी

देशका विभिन्न भाग र तहमा रिक्त भएका स्थानमा शनिबार सम्पन्न उपचुनावको परिणाम आउन थालेको छ । शनिबार राति ९ बजेसम्मको मतपरिणामअनुसार ३ वटा वडाध्यक्ष पदमा सत्ताधारी नेकपा विजयी भएको छ ।

सल्यानको कुमाखमालिका गाउँपालिका– ५ को वडा अध्यक्ष पदमा नेकपाका उम्मेदवार धर्मे बुढाथोकी ७ सय ९२ मत प्राप्त गरी विजयी भएका छन् । बुढाथोकीका निकटम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले २ सय ५१ मत मात्रै पाएका छन् भने राप्रपाले जम्मा २१ मत पाएको छ । सो वडामा ६० मत बदर भएका छन् ।

त्यसैगरी, कञ्चनपुरको पुनर्वास नगरपालिका– ३ को वडा अध्यक्षमा पनि ५ सय २८ मत प्राप्त गरी सत्ताधारी नेकपाका कृष्णबहादुर तामाङ विजयी भएका छन् । तामाङका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपबहादुर तामाङले ३ सय १० मत पाएका छन् भने समाजवादी पार्टीका भीम तामाङले ७४ मत मात्रै पाएका छन् ।

त्यस्तै, रोल्पाको थवाङ गाउँपालिका– १ को वडा अध्यक्ष पदमा पनि सत्तारुढ नेकपाकै जनकबहादुर बुढा मगर १ सय ७४ मत पाएर विजयी भएका छन् । यसअघि नेत्रविक्रम चन्द ‘विप्लव’ समर्थित स्वतन्त्र उम्मेद्वार फर्कबहादुर बुढामगर विजयी भएकोमा असार ६ मा उनको निधन भएपछि सम्पन्न भएको उपचुनावमा विप्लव नेकपाको बहिष्कारको राम्रो प्रभाव परेको छ । कूल १ हजार २ सय ८४ मतदाता भएको वडामा जम्मा २०९ मत मात्रै खसेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर