newskoseli.Com

फेरि भयानक सवारी दुर्घटना : ट्रकले एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्समा सवार ७ को मृत्यु

शनिबार राति करिव साढे १२ बजे भएको भयानक सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । सुनसरीको हरिपुरमा ट्रकले एम्बुलेन्सलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

वीरगञ्जबाट राजधानीतर्फ आउँदै गरेको ना २ ख ९०८२ नम्बरको ट्रकले उदयपुरतर्फ जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्समा सवार सातै जनाको मृत्यु भएको बताइएको छ । ट्रक र एम्बुलेन्स जुध्दा भएको दुर्घटनामा सात जनाले घटनास्थलमै ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सात जनाको घटनास्थलमै मृत्यु भएको प्रदेश– १ ट्राफिक प्रहरी प्रमुख भीम दाहालले पुष्टि गरेका छन् । दुर्घटनामा परी त्रियुगा नगरपालिका– १०, उदयपुरका राजेश दनुवार, दुर्गाधन राई, टेकेन्द्र राई, तुलाबहादुर राई, मुकेश राई, दिनेश राई र शिवमाया राईको मृत्यु भएको प्राप्त समाचारमा उल्लेख छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर