newskoseli.Com

कास्की २ मा नेकपाकी विद्या भट्टराई अगाडि

शनिबार सम्पन्न उपचुनावको मतगणना अगाडि बढ्दै जाँदा कास्की– २ मा सत्तारुढ नेकपाकी उम्मेदवार विद्या भट्टराई अगाडि देखिएकी छन् । वडा नम्बर ३३ को मतगणना सकिँदासम्म नेकपा ११ सय ६१ मतले अघि देखिएको हो ।

वडा नम्बर ३३ मा कूल ५ हजार ६ सय ४२ मत खसेकामा विद्या भट्टराईले ३ हजार २ सय ७६ मत पाएकी छिन् । यो मत प्रमुख प्रतिपक्षी कांग्रेसले पाएको भन्दा १ हजार १ सय ६१ ले बढी हो । वडा नम्बर ३३ मा कांग्रेसका खेमराज पौडेलले २ हजार १ सय १५ मत पाएका छन् ।

त्यसैगरी, समाजवादीका धर्मराजले ९५ मत पाएका छन् भने साझाकी रजनीले ३१ मत तथा कमल थापा नेतृत्वको राप्रपाले ४७ मत र नेपाली कांग्रेस (बीपी) ले ७ मत पाएको छ । राति साढे १० बजेदेखि मतगणना सुरु हुने भनिए तापनि मतपेटीकामा लगाइएको ‘शिल्ड’ रुजु गर्ने कि नगर्ने भन्ने विवाद हुँदा मतगणनामा केही ढिलाइ भएको थियो । राति पौने २ बजे मतगणना सुरु भएको थियो ।

कास्की– २ मा कूल ७१ हजार ८ सय ७१ मतदाता रहेकामा ४५ हजार ५ सय ६३ मत खसेको बताइएको छ । मतगणना जारी छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर