newskoseli.Com

प्रधानमन्त्री ओलीको घाऊ क्रमशः निको हुँदै

फाइल तस्बिर

एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको घाउ निको हुँदै गएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ ।

उनको मिर्गौलालगायत समग्र स्वास्थ्यस्थिति राम्रो रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । ‘प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ, शल्यक्रिया गरिएको घाऊ निको हुँदै गएको छ’– उपचारमा संलग्न महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले भने ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि मङ्सिर १० मा सोही केन्द्रमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।
प्रधानमन्त्रीले बिहीबारदेखि नै मुखबाट ठोस खाना खान र बिस्तारै हिँडडुल गर्न थालेका छन् । कार्यकारी निर्देशक श्रेष्ठले भने– ‘हामीले आवश्यक सबै कुरामा ध्यान दिएका छौं, शल्यक्रिया गरिएको घाऊ यही क्रममा सुधार भएमा यसै हप्ता प्रधानमन्त्रीलाई डिस्चार्ज गर्न सकिन्छ ।’

अरु बिरामीभन्दा मिर्गौला प्रत्यारोपण गरेका बिरामीको घाऊ निको हुन बढी समय लाग्छ । यसका लागि चिकित्सकको निगरानीका साथ विशेष आराम आवश्यक पर्छ । घाऊको सङ्क्रमण नहोस् भन्ने उद्देश्यले मात्र प्रधानमन्त्रीलाई सघन उपचार कक्षमा राखिएको उनकी निजी चिकित्सक डा. दिव्यासिंह शाहले बताएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर