newskoseli.Com

पोखरा मतगणना अपडेट : नेकपाकी विद्याको १७६६०, कांग्रेसका खेमराजको ९२२४

शनिबार सम्पन्न उपचुनावअन्तर्गत पोखराको दुईतिहाई मतगणना सकिएको छ । पछिल्लो अपडेटअनुसार सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार विद्या भट्टराईले ८ हजारभन्दा बढी मतको अग्रता हासिल गरेकी छन् ।

विद्याले १७ हजार ६ सय ६० मत पाएकी छन् भने उनका प्रतिस्पर्धी खेमराज पौडेलले ९ हजार २ सय २४ मत प्राप्त गरेका छन् । कास्की– २ मा निर्वाचन भएका ११ वटा वडामध्ये ६ वटाको मतगणना सकिइसक्दा विद्या भट्टराई ८ हजार ४ सय ३६ मतले अगाडि रहेकी छन् ।

पोखरा महानगरपालिकाका ३३, २१, २०, १७, १६ र १५ को मतगणना सकिइसकेको छ । अब बाँकी ७, ८, ९, ११ र ४ नम्बर वडाको मत गणना जारी छ । कास्की– २ मा खसेको जम्मा ४५ हजार ५ सय ६३ मतमध्ये ३० हजार ३ सय ५ मत गणना भैसकेको छ भने १५ हजार २ सय ५८ मत गन्न बाँकी छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर