newskoseli.Com

साग खेलकुद क्षेत्रमा वर्ल्डलिंकको निःशुल्क हाईस्पिड इन्टरनेट

नेपालको चर्चित इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स प्रा.लि ले दक्षिण एशियाली खेलकुद (साग) हुने सबै रंगशालाहरुमा खेल अवधिभर उच्च गतिको इन्टरनेट सेवा निःशुल्क उपलब्ध गराउने भएको छ ।

प्रयोगकर्ताले आफ्नो मोबाइल नम्बरबाट लगइन गरेर दैनिक १ जीबी डाटा दैनिक रुपमा निःशुल्क प्रयोग गर्न पाउने छन् । वर्ल्डलिंकले यसका लागि फेसबुकको प्लेटफर्म एक्स्प्रेस वाईफाईसँग सहकार्य गरेको छ ।

काठमाडौं र पोखरामा डिसेम्बर १ देखि १० सम्म हुन गइरहेको १३औं एशियाली खेलकुदमा २७ वटा विभिन्न खेलका प्रतियोगिता हुनेछन् । सागमा नेपाल, माल्दिभ्स, भुटान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका गरी ७ देशका खेलाडीले भाग लिएका छन् । मुख्य खेल हुने स्थानहरु– राजधानीको त्रिपुरेश्वरस्थि दशरथ रंगशालाको कभर्ड हल, ललितपुरको सातदोबाटोस्थित स्पोर्टस कम्प्लेक्स, ललितपुरकै लगनखेलस्थित आर्मी फिटनेस सेन्टर, पोखरा रंगशालास्थित कभर्डहलमा वर्ल्डलिंकको निःशुल्क वाईफाई उपलब्ध हुनेछ ।

नेपालका दुर्गम क्षेत्रहरुमा समेत निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराइरहेको वर्ल्डलिंक नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी हो । हरेक १ लाख प्रयोगकर्ताले ६ हजार वाईफाई स्थानबाट निःशुल्क इन्टरनेट चलाउँछन् । फेसबुकसँग जोडिएर उसको एक्स्प्रेस वाईफाई प्लेटफर्ममार्फत वर्ल्डलिंकले दुर्गममा निःशुल्क वाईफाई वितरण गरिरहेको छ । एक्स्प्रेस वाईफाई विश्वभरका मानिसलाई इन्टरनेटमा जोड्ने फेसबुकको कार्यक्रम हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर