newskoseli.Com

कास्की– २ मा विद्या विजयी : भट्टराईको २४३९४ मत, प्रतिद्वन्द्वी खेमराजको १५९९१

प्रतिनिधिसभा सदस्य पदका लागि कास्की– २ मा शनिबार भएको उपचुनावमा सत्ताधारी नेकपाकी उम्मेदवार विद्या भट्टराई विजयी भएकी छन् । भट्टराईले ८ हजार ४ सय ३ मतान्तरले कांग्रेस उम्मेदवार खेमराज पौडेललाई पराजित गरेकी हुन् ।

आइतबार साँझ सम्पन्न मतगणनाको नतिजाअनुसार विद्या भट्टराईले २४ हजार ३ सय ९४ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेल १५ हजार ९ सय ९१ मतमा सीमित भएका छन् ।

यस क्षेत्रमा तेस्रो स्थान हासिल गरेको समाजवादी पार्टीका हेमराज गुरुङले १ हजार ९ सय २२ मत पाएका छन् । राप्रपाका रोमबहादुर भण्डारीले १ हजार १ सय ५३ मत पाएका छन् भने साझा पार्टीकी राजनी केसीले ९ सय ४२ मत पाएकी छन् । विवेकशील नेपालीकी जमुना शर्माले जम्मा ७७ मत पाएकी छन् ।

आफू विजयी भएको घोषणासँगै भट्टराईले आफ्ना दिवंगत पति रवीन्द्र अधिकारीलाई सम्झिइन् । ‘यो जनमतलाई मैले रवीन्द्र अधिकारीप्रतिको सम्मान र नेकपा तथा मप्रतिको भरोसा मानेकी छु’– उनले भनिन् । गत फागुनमा हेलिकप्टर दुर्घटनामा रिी तत्काmस्न मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि यो स्थान रिक्त भएको थियो । सोही रिक्त प्रतिनिधिसभा सदस्यको स्थानका लागि कास्की– २  मा शनिबार उपचुनाव भएको हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर