newskoseli.Com

भागीबिहे गरेको जोडीका श्रीमान् फरार, अस्पतालमै श्रीमतीको निधन

प्रसूति व्यथा लागेपछि उपचार गराउन श्रीमतीलाई लिएर आइतबार बिहान जिल्ला अस्पताल उदयपुर आएका प्रेम बुढाथोकी अस्पतालमा श्रीमतीको मृत्यु भैसकेपछि बेपत्ता भएका छन् ।

त्रियुगा नगरपालिका– ४ का बुढाथोकी २६ वर्षीया श्रीमती सुष्मालाई सुत्केरी व्यथा लागेपछि उपचारका लागि जिल्ला अस्पताल बोक्सेमा लिएर आएको जिल्ला अस्पतालले जनाएको छ । श्रीमतीको रगतमा ‘हेमोग्लोबिन’ कम भई प्रसूति गराउन खतरा रहेकाले जिल्ला बाहिरका कुनै सुविधासम्पन्न अस्पतालमा लान अथवा छिटो रगत लिएर आउन चिकित्सकले सल्लाह दिए । त्यसपछि खर्च खोज्छु भन्दै त्यहाँबाट हिँडेका बुढाथोकी अझैसम्म नआएको जिल्ला अस्पताल उदयपुरका प्रमुख डा. विजय मेहताले बताए ।

प्रहरी र अस्पतालका कर्मचारी बुढाथोकी र उनका आफन्तको खोजीमा लागेको अस्पतालका कर्मचारी बताउँछन् । मृतक सुष्मा खोटाङ जिल्लाको दिक्तेल मझुवागढी रुपाकोट नगरपालिकाका टङ्कप्रसाद आचार्यकी छोरी भएको आइतबार बेलुकी मात्र खुलेको छ । गाईघाट डीएम गेटका कृष्ण राईका अनुसार अनुसार ती दम्पती त्रियुगा नगरपालिका– १२, डीएम गेटको एक घरमा डेरा लिएर बस्दै आएका थिए ।

भागीबिहे गरेको र श्रीमतीलाई कोठामा राखेर श्रीमान् भने अन्यत्रै बस्ने गरेका कारण छिमेकीले समेत उनीहरूका बारेमा राम्ररी जानकारी नपाएको बताएका छन् । उनीहरू नाम–थर ठेगाना समेत लुकाएर गाईघाटमा बस्दै आएका थिए ।

आफ्नो नाम प्रेम बुढाथोकी बताउने उनले नाम–थर र ठेगाना ढाँट्ने गरेका कारण सबै कुरा खुल्न नसकेको डीएम गेटका वासिन्दाको भनाइ छ । सुस्मिता भनिने मृतक सुष्मा आचार्य टङ्कप्रसादकी छोरी भएको खुल्न आएका कारण उनका बुबालाई खबर गरेर बोलाइएको जिल्ला अस्पतालका प्रमुख डा. मेहताले बताएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर