newskoseli.Com

दाङ प्रदेशसभामा नेकपाकी विमला ओली विजयी

दाङको क्षेत्र नं. ३ (ख) मा शनिबार भएको उपनिर्वाचनमा सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार विमलाकुमारी खत्री ओली विजयी भएकी छन् । नेपाली कांग्रेसका उम्मेदवार केशवराज शर्मा आचार्यलाई ५ हजार १ सय ४ मतअन्तरले पराजित गर्दै उनी प्रदेशसभा सदस्यमा विजयी भएकी हुन् ।

नेकपाकी उम्मेदवार विमला २४ हजार २ सय ८६ मत ल्याएर विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी आचार्यले १९ हजार १ सय ८२ मत पाएका छन् । ओली सोही क्षेत्रमा अघिल्लो पटक जितेका प्रदेशसभा सदस्य उत्तरकुमार ओलीकी पत्नी हुन् । गाडी दुर्घटनामा उत्तरकुमारको निधन भएपछि त्यहाँ उपनिर्वाचन भएको हो । मतगणना आइतबार राति १२ बजे सकिएको थियो ।

सो क्षेत्रमा राप्रपाका भूपाल रावतले २ सय २५, राप्रपा (संयुक्त) का छोटीलाल थारुले १ सय ३८, नेकपा (माले) का हरिप्रसाद डांँगीले १ सय ३, साझा पार्टीका शिवकुमार चौधरीले २ सय ६६, नेमकिपाका सुरेश परियारले १५, जनमुक्ति पार्टीका धनराज स्वकारले ११, मङ्गोल नेसनल पार्टीका घनश्याम चौधरीले ९० र लोकतान्त्रिक पार्टीका झरेन्द्रबहादुर खत्रीले २६ तथा कांग्रेस (बीपी) का दीपककुमार धितालले २ मत प्राप्त गरेका छन् ।

उक्त क्षेत्रमा स्वतन्त्र उम्मेदवार गोविन्द केसीले २ र अर्का स्वतन्त्र उम्मेदवार टीकाराम आचार्यले ४ मत प्राप्त गरेका छन् । ४५ हजार ७ सय १८ मत खसेको उपनिर्वचनमा ७ सय ९७ मत बदर भएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर