newskoseli.Com

उपचुनावकाे नाफा–घाटा : महोत्तरीका ४ पदमा जिते बेग्लाबेग्लै ४ पार्टीले !

महोत्तरी जिल्लामा चार वटा विभिन्न पदका लागि भएको उपनिर्वाचनमा बेग्लाबेग्लै चार पार्टीले बाजी मारेका छन् । एक गाउँपालिका अध्यक्ष र तीन वडा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपा, कांग्रेस, राजपा र समाजवादी पार्टीका उम्मेदवार निर्वाचित भएका छन् ।

पिपरा गाउँपालिकाको अध्यक्ष पदमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विक्रम चौधरी ३ हजार २ सय ४९ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी समाजवादी पार्टीका रामजानकी यादवले ३ हजार ४१ मत ल्याएका छन् ।

त्यस्तै, बलवा नगरपालिका– २ मा भएको वडाध्यक्ष पदको उपनिर्वाचनमा नेपाली कांग्रेसका विपिन पञ्जीयार सुडी ४ सय ६१ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार वृजलाल साह सुडीले ३ सय ५२ मत पाएका छन् ।

बलवा नगरपालिकाकै वडा नं. ८ मा भएको वडाध्यक्ष पदको उपनिर्वाचनमा समाजवादी पार्टीका रामबाबु महतो ६ सय ५९ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका निर्मल यादवले ३ सय ४६ मत पाए ।

त्यसैगरी, मटिहानी नगरपालिका– ६ को वडाध्यक्ष पदमा राजपा नेपालका रामबाबु नायक ३ सय ७५ मत प्राप्त गरी निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका जाकिर अन्सारीले ३ सय ५५ मत पाए ।

२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपाल विजयी भएको थियो भने यसपालि त्यहाँ नेकपाले बाजी मारेको छ । अरु तीन स्थानमा भने फेरि पनि पहिले जितेका पार्टी नै दोहोरिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर