newskoseli.Com

पेट्रोल र डिजेलको मूल्यवृद्धि, केको कति पुग्यो ?

अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको भन्दै नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलमा प्रतिलिटर दुई–दुई रूपैयाँ मूल्यवृद्धि गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा समेत चार महिनायता मूल्य समायोजन नगरेको भन्दै निगमले यसपटक मूल्यवृद्धि गरेको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिएका छन् । दसैं–तिहार, छठलगायतका चाडपर्वको अवसरमा अन्तर्राष्ट्रियजगतमा मूल्यवृद्धि भए पनि आफूहरुले पुरानै मूल्य कायम गरेको बताउँदै नयाँ मूल्यदरबाट हाल भारतीय सीमामा प्रतिलिटर २० रूपैयाँ मूल्यान्तर रहेकामा अब १८ रूपैयाँको मूल्यान्तर हुने उनले बताए ।

हाल प्रतिलिटर पेट्रोलको मूल्य १०७ रूपैयाँ तथा डिजेल र मट्टितेलकाे ९५ रूपैयाँ रहेको छ । अब बढेर प्रतिलिटर पेट्रोलको मूल्य १०९ रूपैयाँ तथा डिजेल र मट्टितेलकाे मूल्य ९७ रूपैयाँ पुगेकाे छ । अघिल्लाे मूल्य साउन २२ मा निर्धारण गरिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर