newskoseli.Com

फेरि समातिए विप्लवका अर्का नेता

विप्लव तथा प्रकाण्डकाे फाइल तस्बिर

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध युवा सङ्घ बागलुङका सचिव २१ वर्षीय रमेश अविरल भनिने सहल सुनार पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएका सादा पोशाकका प्रहरीले गलकोटबाट बुधबार सुनारलाई पक्राउ गरेको बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिएका हुन् । सुनारको साथबाट विप्लव नेकपासम्बन्धी पत्र, पोस्टर र पम्प्लेट समेत बरामद गरिएको दावी उनले गरेका छन् ।

प्रहरी उपरीक्षक भट्टले भने– ‘पक्राउ परेका सुनारमाथि अनुसन्धान भइरहेको छ ।’ पक्राउ परेका युवानेता गलकोट नगरपालिका– ४, भयरखर्कका वासिन्दा भएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर