newskoseli.Com

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज : अपराह्न फर्किए बालुवाटार

प्रधानमन्त्री केपी शर्मा ओली एपेन्डिसाइटिसको शल्यक्रियापछि स्वास्थ्यलाभ गरेर त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट बिहीबार सरकारी निवास बालुवाटार फिर्ता भएका छन् ।

एपेन्डिसाइटिसको शल्यक्रियाका निम्ति उनी मङ्सिर १० मा अस्पताल भर्ना भएका थिए । ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली आज अपराह्न उक्त सेन्टरबाट डिस्चार्ज हुनुभय’– प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने । प्रधानमन्त्री ओलीको उपचारमा उनकी निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाह, वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. अरुण सायमी, प्रत्यारोपण विशेषज्ञ प्रा.डा. रमेशसिंह भण्डारी, केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठलगायतको चिकित्सक टोली संलग्न थियो ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार (दोस्रो पटक) अस्पताल ग्ई प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर