newskoseli.Com

‘झोले डाक्टर’ ले लिए ५ जनाको ज्यान

पश्चिम तराईका सीमावर्ती जिल्लामा सरकारी–निजी स्वास्थ्य सेवाको पहुँच छैन । त्यहाँ ‘बंगाली’ डाक्टरले मात्रै सेवा दिइरहेका छन् । यी डाक्टरले माध्यमिक तह पनि उत्तीर्ण गरेका छैनन् ।

यस्तै ‘डाक्टर’ सँग उपचार गराउन पुग्ने नागरिकले अकालमा ज्यान गुमाउनु परेको छ । अप्रेसन गर्न समेत पछि नपर्ने यी ‘डाक्टर’ झोलामा औषधि राखेर गाउँ–गाँउ डुल्ने गर्छन् । नरैनापुर गाउँपालिका– ५, मटेहिया, बाँकेमा अवैध मेडिकल सञ्चालन गरेका ‘झोले डाक्टर’ राजेशसिंह ठाकुरले उपचारका क्रममा २ महिनाको अवधिमा ५ जनाको ज्यान लिएको रहस्य खुलेको छ ।

उपचारका क्रममा नरैनापुर– ५ का गयाराज धोबी र राप्ती सोनारी गाउँपालिका– ७ का मनिकराम धोबीको सोमबार मृत्यु भएपछि मंगलबार स्थलगत समाचार संकलन गर्न गाउँ पुगेका सञ्चारकर्मीलाई स्थानीयले असोज दोस्रो सतायता ५ जनाको ज्यान गएको बताएको खबर शनिबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर