newskoseli.Com

विप्लवका कार्यकर्ता पक्राउ : बम बनाउने विस्फोटक पदार्थ र दस्तावेजहरूसहित समातिएको प्रहरीको दावी

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक कार्यकर्ता सङ्खुवासभामा शनिबार पक्राउ परेका छन् ।

चैनपुर नगरपालिका– ५ घर भएका ३० वर्षीय यामप्रसाद गौतमलाई पाँचखपन नगरपालिका– ८ को पोख्राङ गाउँबाट विस्फोटक पदार्थसहित पक्राउ गरिएको प्रहरीको दावी छ । बम बनाउन प्रयोग गरिने विष्फोटक पदार्थसहित गौतमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख प्रहरी नायब उपरीक्षक मीमबहादुर लामाले बताएका छन् ।

गौतमको साथबाट विष्फोटक पदार्थ बनाउन प्रयोग गरिने डेटोनेटर १३ थान, नीओजेल लेखिएको लोला– १५ थान, सेफ्टी फ्यूज ९.९५ मिटर, ननइलेक्ट्रिक डेटोनेटर ११ थान, एकीकृत जनक्रान्ति लेखिएको किताब एक थान, विधान– २०७३ लेखिएको पुस्तिका एक थान, कालो डायरी एक थान, विभिन्न पुस्तक, मोबाइल एक थान र सिमकार्ड दुई थान फेला परेको प्रहरीले दावी गरेको छ ।

पक्राउ परेका गौतमबारे अनुसन्धान भइरहेको र आवश्यक कारबाहीका लागि कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ । पाँचखपन नगरपालिकाको को १ झ ५४० नम्बरको स्कर्पियो गाडी पाँचखपनबाट खाँदबारी जाँदै गर्दा तीन दिन अगाडि (बिहीबार) दिउँसो अज्ञात समूहद्वारा तोडफोड समेत भएको थियो । सो पार्टीले फोनबाट पटक–पटक चन्दा माग गरेको ‘जनप्रतिनिधि’ ले बताएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर