newskoseli.Com

बिजुलीको महशुलमा घरबेटीले ठगिरहेछन् ? यस्तो छ महशुल दर…

के तपाईंसँग घरबेटीले बिजुलीको महशुलमा ठगिरहेका छन् ? बिजुलीको मिटर बिगार्ने र उठेको बिलभन्दा बढी रकम असुल्ने गरिरहेका छन् भने सोझै विद्युत प्राधिकरणमा फोन गर्नुहोस् । त्यस्ता फटाहा र ‘द्रब्यपिशाच’ घरबेटीमाथि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कारबाही गर्नेछन् ।

फाेन नम्बर ९७७–१–४१५३०५१ मा फोन गरिहाल्नोस् र डेरावाल चुस्ने ठग घरबेटीलाई तत्काल कारबाही गराउनोस् । डेरामा बस्ने परिवारसँग बिजुलीको बढी रकम असुल्ने घरबेटीहरुलाई त्यसो नगर्न र गरिहाले कडा कारबाहीको सामना गर्न कार्यकारी निर्देशक घिसिङले चेतावनी दिएका छन् ।

प्रतियुनिट बिजुली खपत गर्दा डेरावालले घरबेटीलाई कति रुपैयाँ तिर्ने त ? तपाईं डेरामा बस्नुभएको घरमा जतिसुकै युनिट बिजुली उठे पनि तपाईंले कम्तिमा प्रतियूनिट ३ रुपैयाँदेखि बढीमा १३ रुपैयाँभन्दा बढी रकम तिर्नुपर्दैन । तपाईं बस्ने घरमा प्रतिमहिना ४०० युनिटभन्दा बढी बिजुली उठ्छ भने मात्रै तपाईंले १३ रुपैयाँ तिर्ने हो ।

घरभरि २० युनिटसम्म उठ्दा ३ रुपैयाँ, २१ देखि ३० युनिटसम्म उठ्दा ७ रुपैयाँ, ३१ देखि ५० युनिटसम्म उठ्दा ८ रुपैयाँ ५० पैसा, ५१ देखि १५० युनिटसम्म उठ्दा १० रुपैयाँ, १५१ देखि २५० युनिटसम्म उठ्दा ११ रुपैयाँ, २५१ देखि ४०० युनिटसम्म उठ्दा १२ रुपैयाँ र त्यसभन्दा माथि उठे प्रतियुनिट १३ रुपैयाँसम्म मात्र तिर्नुपर्छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर