newskoseli.Com

गाडीले मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु

फाइल तस्बिर

भरतपुर महानगरपालिका– १, रामनगरमा गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु भएको छ । धादिङ जिल्ला नीलकण्ठ नगरपालिका– १० घर भई जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार यदुप्रसाद पाठकको मृत्यु भएको हो ।

जिप्रकाका प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाका अनुसार आइतबार राति ११ बजे प्रहरीचौकी रामनगरबाट भरतपुरतर्फ आउने क्रममा बा १७ च ५७५८ नम्बरको बलेरो गाडीले पाठक चढेको ना ५५ प १४२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

भरतपुर अस्पतालमा उपचारका क्रममा आइतबार राति घाइते पाठकको मृत्यु भएको हो । ठक्कर दिने गाडी र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर