newskoseli.Com

झोलाभित्रकाे बम गाडीमुनि रातभर , बिहान सेनाले पार्‍यो निस्क्रिय

महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका– २ मा अवस्थित डिभिजन वन कार्यालयको प्राङ्गणभित्र फेला परेको बम निस्क्रिय पारिएको छ ।

वन कार्यालयको हाताभित्र पार्किङ गरी राखिएको चारपाङ्ग्रे गाडीमुनि आइतबार साँझ झोलाभित्र फेला परेको प्रेसरकुकर बम सोमबार बिहान साढे १० बजेतिर नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।

नेपाली सेनाको रणभीम गणको टोलीले चौरमा खाल्डो खनेर, चारैतिरबाट बोरामा बालुवा राखी घेरेर सुरक्षापूर्वक बम निस्क्रिय पारेको र त्यसबाट मानवीय र भौतिक क्षति नभएको प्रहरी उपरीक्षक अधिकारीले बताएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर