newskoseli.Com

माधव नेपाल भेटे भारतीय राजदूतले, के–के भए कुराकानी ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालसँग नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरीले सोमबार कोटेश्वरस्थित नेता नेपालको निवासमै पुगेर भेटवार्ता गरेका छन् ।

आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कने तयारीमा रहेका राजदूत पुरीले पूर्वप्रधानमन्त्री एवं नेकपाका विदेश विभाग प्रमुख नेपालसँग बिदाइ भेट गरेको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले बताएका छन् । भेटका अवसरमा नेपाल–भारत सम्बन्धका विविध पक्षबारे कुराकानी भएको बताइएको छ ।

दुई देशबीच सीमाविवाद चर्किरहेको वर्तमान सन्दर्भमा कूटनीतिक र राजनीकिक तहबाट समाधानको पहल भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सीमा विवादबारे छलफल गर्न नेता नेपाललाई ‘विशेषदूत’ का रुपमा पठाउने तयारी गरेका बेला राजदूतले नेपालसँग गरेको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर