newskoseli.Com

राँगोसँग जुध्दा मर्‍यो गौरीगाईको भाले

फाइल तस्बिर

मेचीनगर नगरपालिका– ४, झापामा सोमबार बिहान राँगोसँग जुध्दा गौर (गौरीगाईको भाले) मरेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । मेचीनगर– ४, आलडाँगीमा स्थानीयवासी माइला भुजेलले खेतबाट पराल लिएर आउँदै गरेको राँगो गाढामा रहेको राँगोसँग जुध्दा गौर मरेको हो ।

सो गौर झापाको जङ्गलमा नभएको र भारततिरबाट नेपाल आएको डिजिभन वन कार्यालय प्रमुख घिमिरेले बताए । राँगोसँग जुधेको गौरको सिङ गाडामा अड्किएको र दुई वटा राँगाको चेपुवामा परेर मरेको हुन सक्ने उनले बताए ।

झन्डै ५ वर्ष उमेरको जस्तो देखिने गौर मरेको स्थानमा डिभिजन वन कार्यालयका कर्मचारी, जनप्रतिनिधि र प्रहरीको टोलीले पुगेर मुचुल्का बनाउने काम गरेका छन् । मुचुल्का तयारीपश्चात् गौरलाई खाल्डो खनेर पुरिने घिमिरेले बताएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर