newskoseli.Com

भारी हिमपातको सम्भावना : नेपाल छिर्‍यो इरानी र अफगानी वायु प्रणाली, सतर्कता अपनाउन आग्रह

फाइल तस्बिर, हिमपहिराे

इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली बुधबार साँझ नेपालको पश्चिमी भूभागमा प्रवेश गरेको छ । उक्त प्रणालीको प्रभावले नेपालको पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपातको सम्भावना रहेकाले सतर्कता अपाउन मौसमविदले आग्रह गरेका छन् ।

यो प्रणाली बिहीबार अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हिमपातको सम्भावना रहेको मौसमविद् मञ्जु वासीले बताइन् । सोही प्रणालीको प्रभावले देशैभरि बदली भई अधिकतम र न्यूनतम तापक्रममा गिरावट आएर चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस प्रणालीका कारण देशका पश्चिमी भूभागका धेरै स्थानमा र मध्य तथा पूर्वी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना समेत रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हालसम्म नेपालमा उल्लेखनीय मौसमी प्रणाली विकास नभए पनि रातिदेखि भने पश्चिमी न्यूनचापीय प्रणाली विकास हुनेछ । महाशाखाले २४ घन्टाको मौसमी पूर्वानुमान जारी गर्दै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा भारी र मध्य तथा पूर्वी उच्च पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम हिमपात हुने बताएको छ । मौसमविदका अनुसार यो क्रम शुक्रबारसम्मै जारी रहने खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर