newskoseli.Com

एक्स्काभेटर दुर्घटनामा १ को मृत्यु, ३ घाइते

भीमेश्वर नगरपालिका– २, तिखातल, दोलखामा बुधबार राति एक्स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

राति १० बजे चरिकोटबाट दोलखा बजार जाने क्रममा एक्स्काभेटर दुर्घटना हुँदा बिगु गाउँपालिका– ८, खोपाचागु, दोलखाका २२ वर्षीय राजु थामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् । भीमेश्वोर नगरपालिका– २ का १६ वर्षीय सुमन थामी, बिगु गाउँपालिका– ७ का २७ वर्षीय विजय श्रेष्ठ र एक्स्काभेटर चालक कालिञ्चोक गाउँपालिका– ४ का २२ वर्षीय राजकुमार थामी घाइते भएका हुन् ।

घाइतहरुको राजधानीस्थित ग्राण्डी र शिक्षण अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिका कारण एक्स्काभेटर अनियन्त्रित भई सडकबाट करिव सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर