newskoseli.Com

चितवनमा पनि बस पल्टियो : १३ घाइते, १० सकुशल

पूर्वी चितवनको भण्डारामा शुक्रबार बिहान बस अनियन्त्रित भई पल्टँदा १३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार वीरगञ्जबाट नारायणगढतर्फ आउँदै गरेको बा ३ ख ८४९० नम्बरको बस अनियन्त्रित भई राप्ती नगरपालिका– ६, हर्दीमा पल्टिएको थियो ।

प्रहरी कार्यालयका अनुसार बस सडकबाट तल खेतमा झरेको थियो । बसमा २३ जना सवार थिए । १० जना भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।

उहाँका अनुसार घाइतेलाई उद्धार गरी उपचारका लागि भरतपुरतर्फ ल्याइएको छ । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना बिहान सवा ११ बजे भएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर