newskoseli.Com

एक्कासि वर्षा र हिमपात, जनजीवन प्रभावित

एक्कासि मौसममा आएको परिवर्तनसँगै बढेको चिसो र वर्षाले सुदूरपश्चिम प्रदेशका तराईका जिल्ला कैलाली र कञ्चनपुरमा जनजीवन प्रभावित बनेको छ भने पहाडी जिल्लाहरूमा हिमपात समेत भएको छ । हिमपातका कारण ती क्षेत्रको जनजीवन प्रभावित भएको छ ।

बिहीबार रातिदेखि भएको हिमपातले डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरालगायतका पहाडमा जनजीवन प्रभावित बनेको हो । रातिदेखि सुरु भएको वर्षाका कारण चिसो बढ्दै गएपछि परेको हिमपातले जिल्लाका सुदूपहाडको प्रवेशद्वार डडेल्धुराको भीमदत्त राजमार्ग शुक्रबार बिहानदेखि अवरुद्ध भएको छ । ती क्षेत्रमा शुक्रबार सवारी साधन सञ्चालन नआएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

चिसोका कारण पाँच वर्षमुनिका बालबालिकालाई निमोनिया हुन सक्ने भएकाले न्यानो पारेर राख्न र झोलिला खाने कुरा प्रशस्त खुवाउन चिकित्सकहरुले सुझाव दिएका छन् । यस वर्ष हिउँदयाममा समयमै वर्षा भएका कारण हिँउदेबाली सप्रिने भन्दै किसान भने खुशी भएका छन् । यतिबेला परेको पानीले गहुँ, जौलगायतका अन्नबाली तथा फलफूललाई राम्रो गर्ने कृषि निर्देशनालय दिपायलका प्रमुख यज्ञराज जोशीले बताए ।

सुदूरपश्चिमको प्रवेशद्वारमा रहेको पहाडी भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको हगुल्डे र साँहु खर्कमा बढी हिमपात भएपछि पहाडी जिल्ला जोड्ने यातायात बन्द भएको बताइएको छ । बझाङको जयपृथ्वी राजमार्गअन्तर्गत खोड्पे र बैतडी–दार्चुला सड्क खण्डअन्तर्गत सतबाँझमा हिमपात हुँदा उक्त सडक समेत बन्द भएका छन् ।

तापक्रम घट्दै जानुका साथै मौसम पनि बिग्रँदो अवस्थामा रहेको बताइएको छ । बिहीबारदेखि तापक्रम झर्दो अवस्थाले गर्दा इन्टरनेटलगायतका सञ्चार सेवा समेत अवरुद्ध भएका छन् भने हिमपातले लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालन गर्न असहज भएको उग्रतारा यातायात प्रालिले जनाएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर