newskoseli.Com

महिलाको कुटपिटबाट पुरुषको मृत्यु !

भानु नगरपालिका– ८, बलीफाँट, तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । राइनास नगरपालिका– ५, लमजुङका ५२ वर्षीय राजकुमार कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

स्थानीय कल्याणी मिश्रलाई हातपात गर्न खोजेपछि प्रतिरक्षामा मिश्रले कुमाललाई कुटपिट गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते भएका कुमाललाई उपचारका लागि स्थानीय मेडिकलमा लगिए पनि स्वास्थ्यकर्मीले उनको मृत्यु भएको बताएका थिए ।

पीडित परिवारको किटानी जाहेरीका आधारमा प्रहरीले भानु नगरपालिका– ८ की कल्याणी मिश्रलाई पक्राउ गरेको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर