newskoseli.Com

प्रहरीलाई घुस दिने गोरु व्यापारी र रक्सी व्यापारीसँग घुस खाने प्रहरी पक्राउ

गोरु व्यापार गर्न सहयोग गरिदिन आग्रह गर्दै प्रहरीलाई घुस दिने व्यक्तिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

वसन्तपुर गाउँपालिका– ४, रुपन्देहीका जहरुद्दीन तेलीले वडा प्रहरी कार्यालय वालिङ, स्याङ्जाका प्रमुख प्रहरी निरीक्षकलाई आफ्नै कार्यकक्षमा काम गरिरहेको अवस्थामा १५ हजार रुपैयाँ घुस दिँदै गरेको अवस्थामा आयोगको टोलीले नियन्त्रणमा लिएको हो ।

यस्तै, घरेलु मदिरा बिक्रीवितरणमा सहजीकरण गरिदिन्छु भन्दै सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको अवस्थामा जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी जवान सरोजकुमार यादवलाई पनि आयोगले नियन्त्रणमा लिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर